कञ्चन,फागुन १४।
जनआस्था पृथ्वी क्लव कञ्चन रुपन्देहीद्वारा महा शिवरात्री मेला २०७८ तथा पांचौ रवि-किरण खुल्ला पुरुष भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ।
पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जानकारी क्लवले जानकारी गराएको हो । पत्रकार सम्मेलनमा ४० औं मगर संघको स्थापना दिवस तथा महाशिवरात्रीको अवसरमा आयोजना गरिएको महा शिवरात्री मेला २०७८ तथा पांचौ रवि-किरण खुल्ला पुरुष भलिवल प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलबस्तु, गुल्मी, पाल्पा जिल्लाहरुबाट प्रतिस्पधी टिमले सहभागिता जनाउने क्लवका सचिव हिमाल थापाले जानकारी गराउनु भयो ।
प्रतियोगितामा विजेता टिमले ४१ हजार १ सय ११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छन भने उपविजेता टिमले २५ हजार ५ सय ५५ रुपैया सहित कप र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ।
यस्तै प्रतियोगिताको अन्तिम ४ मा पुग्ने २ टिमले समेत सान्त्वना पुरस्कार स्वरुप जनही ५५ हजार रुपैया समेत क्लवका सचिव थापाले पत्रकारहरुलाई जानकारी गराउनु भयो । यस्तै खेल अवधीभर उत्कृष्ट खेल प्रदर्शन गर्ने बिभिन्न बिधामा ७ जना उत्कृष्ट खेलाडीले समेत पुस्कार प्राप्त गर्ने छन ।
७ बिधा अन्तर्गत उत्कृष्ट खेलाडीले नगद २ हजार रुपैया प्राप्त गर्ने छन भने उत्कृष्ट डिफेन्डर, स्पाइकर, सर्वर, सेटर, ब्लकर र अनुशासित खेलाडीहरुले जनही १ हजार रुपैया प्राप्त गर्ने सचिव थापाले जाकारी गराउनु भएको छ।
कञ्चनको बुद्ध रंगशालामा फागुन १४ गते देखि १७ गते सम्म सञ्चालन हुने महाशिवरात्री मेला २०७८ तथा रवि(किरण खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने छ। यस्तै ४० औं मगर संघ स्थापन दीवसको अवसरमा फागुन १५ गते मगर जातिय भेषभुषा सहितको कौडा नृत्य, तारो हान्ने, रसी तानातान, छेलो फाल जस्ता परम्परागत खेलहरुको समेत आयोजना गरिएको आयोजक क्लव जनआस्था पृथ्वी क्लवले जनाएको छ।
बुद्धरंगशालामा रहेको रुद्रेशवर महादेबको मन्दिरलाई कञ्चनको धार्मिक पर्यटनसंग जोड्न फागुन १६ र १७ गते महा शिवरात्तीका दिन बिशेष पुजाआजा सहित भजन कृतनको समेत आयोजना गरिएको क्लवका सचिव हिमाल थापाले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
मेलामा नयाँ पुस्ताहरुका लागि थप मनोरञ्जन प्रदान गर्न १६ गते प्रिति आले र १७ गते सुगम पोख्रेल र स्थानिय कलाकारहरुको बिशेष प्रस्तुति हुने आयोजकले जनाएको छ। महा शिवरात्री मेला तथा भलिवल प्रतियोगिता सञ्चालन गर्नका लागि स्थानियरुबाट र बिदेश गएका क्लवका सदस्यहरुबाट आर्थिक सहयोग संकलन गरिएको बताउदै कार्यक्रम सम्पन्न गर्न करिब ८ लाख रुपैया भन्द्या बढी खर्च हुने अनुमान गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)