बुटवल,भदौ १५ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले हङकङ र ल्हासामा महावाणिज्य दूत नियुक्ति गर्ने निर्णय गरेको छ।एक मन्त्रीका अनुसार ल्हासाको महावाणिज्य दूतमा नवराज ढकाल र हङकङको महावाणिज्य दूतमा उदयबहादुर रानालाई नियुक्ति गर्ने निर्णय भएको हो।
दुवै सहसचिव हुन्। राना झापा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत् छन्। ढकाल वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजेदेखि मन्त्रिपरिषद बैठक बसेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)