Logo बिहिवार, आश्विन १ गते २०८३
images

शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई,राशी ५१ हजार

शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई,राशी ५१ हजार

  • 3.9K
    SHARES

  • शाइन आर्थिक पत्रकारिता पुरस्कार भुसाललाई,राशी ५१ हजार

    बुटवल,फागुन ११ ।

    शाइन रेसुङ्गा बैंक र पत्रकार महासङ रूपन्देहीको सहकार्यमा स्थापित शाइन आर्थिक पत्रकारिता पुरस्कार -२०७८ पत्रकार यमलाल भुसाललाइ प्रदान गरिएकाे छ ।

    बैंकको १४ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा भुसाल ५१ हजार राशीको शाइन आर्थिक पत्रकारिता पुरस्करबाट सम्मानित भएका हुन् ।

    भुसालले विगत २८ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । बैंकले ५ लाखको अक्षय कोषको स्थापना गरेर हरेक वर्ष पत्रकारलाई शाइन आर्थिक पत्रकारिता पुरस्कार दिने बैंकका सिइओ प्रकाश पौडेलले बताए ।

    पत्रकार भुसाललाई बैंकका अध्यक्ष थानेश्वर पौडेल, सिइओ प्रकाश पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले संयुक्त रुपमा पुरस्कृत तथा सम्मान गरेका थिए । 

    भुसाल राज्य टेलिभिजनका समाचार प्रमुख समेत हुन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology