बुटवल,फागुन ११ ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । संघको १५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशनको पूर्व सन्ध्यामा बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको हो । यहि फागुन १३ गते संघले १५ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन गर्दैछ ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका वाणिज्य उपाध्यक्ष उद्योगी नरिश्वर शर्मा पौडेलले व्यवसायिक हकहित तथा एकतामा जोड दिदै त्यसमा आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस् र त्यसको लागि नियमित रक्तदान गर्ने परम्परा बिकास गर्नको लागि जनचेतनामुलक रक्तदान कार्यक्रम गरिएको अध्यक्ष न्यौपानेले बताउनु भयो । कार्यक्रम संघका महासचिव गोपालकुमार प्रधानको सञ्चालनमा भएको थियो ।
रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको कार्यक्रममा संघका पदाधिकारी, सदस्य तथा सुभेच्छुकहरु समेत गरी ४५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक संघ सचिव थानेश्वर अर्यालले जानकारी गराउनु भयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)