Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ गतेदेखि काठमाडौंमा

क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ गतेदेखि काठमाडौंमा

  • 3.2K
    SHARES

  • क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ गतेदेखि काठमाडौंमा

    बुटवल,फागुन ११ । 

    क्यान इन्फोटेकको २७ औं संस्करण २०७९ साल वैशाख ७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ ।

    सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधिको प्रदर्शनी मेला बैशाख १२ सम्म चल्ने छ । मेलामा सूचना तथा सञ्चार प्रविधिबारे जानकारी लिन तथा आवश्यक उपकरण उचित मूल्यमा खरिद गर्न सकिने अध्यक्ष नवराज कुवरले नागरिक अनलाइनलाइ जानकारी दिए । 

     यसअघि पटक पटक मिति घोषणा गरिए पनि कोभिड- १९ को लहरका कारण मेला आयोजना हुन सकेको छैन ।

    २७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज एससिटी स्मार्ट क्यू आर रहेका छन । यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी, स्मार्ट क्यू आरको प्लाटिनम प्रायोजन, वल्र्डलिंक कम्युनिकेशन्सस गोल्ड प्रायोजन, नेपाल टेलिकम, जेनेरेशन नेक्स्ट कम्युनिकेशन्स र सागर ग्रुप अफ कम्पनिजस सिल्भर प्रायोजन, नमस्ते पे, एस–पावर, ब्रोडवे इन्फोसिस नेपाल र डिजिकम रहने छन् ।

    can mela.jpg

    सफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसन विथ एससिटी स्मार्ट क्यू आरको इन्नोभेसन पार्टनर रहेको छ भने सनवे इन्टर्नेशनल विजनेश स्कुल एकाडेमिक पार्टनर, दराज केमु इकमर्श पार्टनर, रेबान फुड एण्ड वेभरेज पार्टनर, मण्डला सिस्टम भर्चुवल एक्जिविसन पार्टनर तथा अल्ट्रा एलईडी डीजिटल डीस्प्ले पार्टनर रहेका छन् ।

    इन्फोटेक भब्य एवं सफल रुपमा आयोजना हुन देशभित्रबाट नेपाल सरकार सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ, सुबिसु केबलनेट र भायानेट कम्युनिकेशन्स, नेपाल मोबाइल वितरक संघ तथा अन्तरराष्ट्रिय रुपमा असोसियो र विट्साको पनि सहयोग रहने महासचिव नारायण थापाले बताए ।

    २७ औँ संस्करणको क्यान इन्फोटेक माघ १८ गतेदेखि हुने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology