Logo बिहिवार, आश्विन १ गते २०८३
images

१२ जना विद्यार्थीलाई १ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान

१२ जना विद्यार्थीलाई १ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान

  • 1.7K
    SHARES

  • १२ जना विद्यार्थीलाई १ हजार ५ सयका दरले  छात्रवृत्ति प्रदान

    बुटवल,फागुन ११ ।

    युनाइटेड हेल्थ एण्ड फिटनेस क्लब र दरवारदेउराली दर्शन सेवा समाज चारपालाद्वारा छात्रवृत्ति प्रदान भएको छ ।
    ठुलोपोखरा माध्यमिक विद्यालयको वार्षिक उत्सवको अवसरमा ६ जना विद्यार्थीलाई नगद एक हजार पाँच सयका दरले नौँ हजार रूपैयाँ छात्रवृत्ति प्रदान गरेको छ ।

    कलम साथै मलम नामक अक्षयकोषबाट ईश्वरी माध्यमिक विद्यालयको वार्षिक उत्सवको अवसरमा ३ जना विद्यार्थीलाई नगद एक हजार पाँच सयका दरले यसअघि पनि छात्रवृत्ति प्रदान गरिएको छ ।
     
    कार्यक्रममा छात्रवृत्ति स्थापनाका विषयमा बताउदै क्लबका अध्यक्ष इन्द्र बहादुर थापाले विद्यार्थी छनोट तथा छात्रवृत्ति वितरण कार्यमा सहजीकरण गर्नुहुने विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाका सम्पूर्ण सहयोगी एवं शुभचिन्तकहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो। 

    कार्यक्रममा बोल्दै अध्यक्ष इन्द्रबहादुर थापाले स्थलगत रुपमा उपस्थित भइ सहयोग गर्ने क्लबका पदाधिकारी, समाजसेवी, सरोकारवालाहरु र सहयोगीहरुलाई विशेष धन्यवाद दिए ।

    देश विदेशमा रहेर पनि मातृभूमिप्रतिको माया बोकी समाजसेवामा लागिपरेका दरवारदेउराली दर्शन सेवा समाज चारपालाका युवा साथीहरूप्रति सम्मान प्रकट गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology