Logo बिहिवार, आश्विन १ गते २०८३
images

ग्लोबल छनोट : सन्दीपले लिए अरविन्दको विकेट,नेपाललाई हर्ष

ग्लोबल छनोट : सन्दीपले लिए अरविन्दको विकेट,नेपाललाई हर्ष

  • 2.3K
    SHARES

  • ग्लोबल छनोट : सन्दीपले लिए अरविन्दको विकेट,नेपाललाई हर्ष

    बुटवल,फागुन १० ।

    टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटअन्तर्गत सेमीफाइनलमा नेपालले यूएईविरुद्ध दोस्रो सफलता हात पारेको छ ।आक्रामक ब्याटिङ गरिरहेका अरबिन्दलाई कप्तान सन्दीप लामिछानेले बोल्ड गरेका हुन् । अरविन्द २३ बलमा ४६ रनको योगदान गरेर आउट भएका हुन् ।

    यसअघि खेलको दोस्रो ओभरमा जितेन्द्र मुखियाले चिराग सुरीलाई पेबेलियनको बाटो देखाएका थिए ।यो समाचार तयार पार्दासम्म ७ ओभर ५ बलको ओभरको खेल सकिँदा यूएईले २ विकेट गुमाएर ७३ रन जोडेको छ ।

    नेपाल समूह विजेताका रूपमा सेमीफाइनलमा पुगेको हो भने यूएई अर्को समूहको उपविजेता हो ।आजको खेल जित्ने टोली अस्ट्रेलियामा हुने टी-ट्वान्टी विश्वकपका लागि छनोट हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology