बुटवल,फागुन ९ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले क्यानडाविरुद्ध जित निकाल्दै ‘टि२० विश्वकप ग्लोबल छनोट’को सेमिफाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले मंगलबार हुने सेमिफाइनलमा पनि विजयी हुँदै नेपाललाई विश्वकपमा छनोट गराउन सफल हुनुहुनेछ भन्ने सुभेच्छा प्रकट गर्नुभएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो ।
नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत समुह ए को सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा पुगेको हो । क्यानडालाई हराएसँगै नेपालले ३ खेलमा ३ जित सहित ६ अक बनाउदा समूह विजेता बन्यो ।
क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ दशमलव १ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले अविजित ३३ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले अविजित रहदै २८ रन बनाए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडा १५ ओभरमा अलआउट हुदै ८० रनमा समेटियो ।
क्यानडालाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट लिए । अब नेपालले सेमिफाइनलमा समूह बि को उपविजेता युएईसँग खेल्नेछ ।
नेपालसगै ओमान उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । सेमीफाइृनलका खेलहरु भोली हुनेछन् । यस समुहबाट क्यानडा र फिलिपिन्स भने बाहिरिएका छन् । फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)