Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू चार डिष्ट्रिक्टमा विभाजन,नयाँ नेतृत्व चयन

लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू चार डिष्ट्रिक्टमा विभाजन,नयाँ नेतृत्व चयन

  • 2.9K
    SHARES

  • लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू चार डिष्ट्रिक्टमा विभाजन,नयाँ नेतृत्व चयन

    बुटवल,फागुन ८ । 

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ लाई चार डिष्ट्रिक्टमा विभाजन गर्दै नयाँ नेतृत्व चयन गरिएको छ ।  गैंडाकोटमा सम्पन्न दशौं महाधिवेशनबाट औपचारिक रुपमा चार डिष्ट्रिक्ट विभाजन गर्दै नयाँ नेतृत्व चयन गरिएको हाे ।

    याँ निर्वाचित कार्यसमितिले जुलाई महिनाबाट आफ्नो कार्यकाल शुरु गर्ने छ ।

    नयाँ सरंचना अनुसार गठन गरिएको ‘डिष्ट्रिक्ट ३२५ आर’को गर्भनरमा लायन सिद्धार्थलाल चुके, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा लायन आर।एस महतो र द्धितीय भाईस डिष्ट्रिक गर्भनरमा लायन दिनानाथ न्यौपाने निर्विरोध निर्वाचित भए । डिष्ट्रिक्ट गर्भनरमा बनेका चुके नारायणगढ निवासी हुन् । नवनिर्वाचित गर्भनर चुकेले डिष्ट्रिकको सचिवमा राजेन्द्र गौतम र कोषाध्यक्षमा सुरेश कुमार श्रेष्ठलाई मनोनयन गरे ।

    Lions.jpg

    यस्तै ‘डिष्ट्रिक ३२५ एन’को गर्भनरमा सिबी चन्द, प्रथम भाईस डिष्ट्रिक गर्भनरमा मुकुट ढकाल तथा द्धितीय भाईस डिष्ट्रिक गर्भनरमा विनोद कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

    त्यस्तै ‘डिष्ट्रिक ३२५ एस’को गर्भनरमा अमर बहादुर श्रेष्ठ, प्रथम भाइस डिष्ट्रिक गर्भनरमा डि।एन अग्रवाल र द्धितीय भाइस डिष्ट्रिक गर्भनरमा टासी डोल्मा तुम्बाहाम्फे निर्वाचित भए । गर्भनर श्रेष्ठ र द्धितीय भाइस डिष्ट्रिक गर्भनरमा टासी निर्विरोध निर्वाचित भएका थिए भने प्रथम भाइस डिष्ट्रिक गर्भनर अग्रवालले प्रतिस्पर्धी उमेश शाह कानुलाई १०४ मतान्तरले पराजित गरेका थिए । अग्रवालले १३२ मत प्राप्त गर्दा शाहले २८ मत मात्रै प्राप्त गरे ।

    ‘डिष्ट्रिक ३२५ पी’को गर्भनरमा न्यौपाने,प्रथम भाईस डिष्ट्रिक गर्भनरमा सैंजु :

    lions 325 p.jpgयस्तै ‘डिष्ट्रिक ३२५ पी’को गर्भनरमा नवराज न्यौपाने निर्वाचित भएका छन् । न्यौपानेले १८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमङ्ग देवकोटाले १२२ मत प्राप्त गरे । प्रथम भाईस डिष्ट्रिक गर्भनरमा अर्जुनमान सैंजु निर्विरोध निर्वाचित भएका छन् ।  सैंजु बुटवल उद्याेग बाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । 

    द्धितीय भाईस डिष्ट्रिक गर्भनरमा ३ जना प्रतिस्पर्धी रहेकोमा पुरुषोत्तमभक्त प्रधानाङ्ग १६८ मत प्राप्त गरी विजयी बनेका छन् । उनका प्रतिस्पर्धी बलराम भट्टराईले १३२ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक डिके ढुंगानाले जानकारी दिए ।

    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रीक ३२५ पी को पहिलो डिस्ट्रीक सचिबमा सन्दिप कसौधन बिजयी भएका छन् ।

    प्रमुख अतिथि पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतान रहेका थिए । प्रमुख अतिथि खेतानले महाधिवेशनका अवसरमा प्रकाशित स्मारिकाको विमोचन गर्नुका साथै उत्कृष्ट कार्यगर्ने लायनहरुलाई सम्मान समेत गरेका थिए । ‘डिष्ट्रिक ३२५ बी २’ का सचिव प्रभाकर पण्डित एवं कोषाध्यक्ष नारायणप्रसाद शर्माले प्रस्तुत गरेको आ-आफ्नो प्रतिवेदन सभाले अनुमोदन गरेको थियो ।

    कोभिडका कारणले मतदातालाई मात्र उपस्थित गराई महाधिवेशन सम्पन्न गरिएको महाधिवेशन मुल आयोजक समितिका संयोजक बाल गोपाल चुकेले बताए । महाधिवेशन ‘डिष्ट्रिक ३२५ बी २’ का गर्भनर रामप्रसाद भट्टको सभापतित्वमा सम्पन्न भएको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology