Logo बिहिवार, आश्विन १ गते २०८३
images

इन्धनको मूल्य फेरि बढ्यो ,पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

इन्धनको मूल्य फेरि बढ्यो ,पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

  • 2.5K
    SHARES

  • इन्धनको मूल्य फेरि बढ्यो ,पेट्रोल प्रतिलिटर १४५ रूपैयाँ

    बुटवल,फागुन ८ ।

    नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ। शनिबार रातिदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा ३ रुपैयाँले  बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए ।

    यसअघि माघ १८ गते निगमले मूल्य बढाएको थियो । नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ ।

    निगमका सहायक प्रवक्ता पुष्कर कार्कीकाअनुसार शनिबार रातिदेखि लागु भएको पेट्रोल,डिजेल र मट्टितेलको मूल्य हालसम्मकै उच्च हो ।

    oil.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology