Logo बिहिवार, आश्विन १ गते २०८३
images

भैरहवा आएर क्यालिब्रेशन उडानको निरिक्षणपछि मन्त्री आलेले भने-‘न्यू इअर विथ न्यू एअरपोर्ट’

भैरहवा आएर क्यालिब्रेशन उडानको निरिक्षणपछि मन्त्री आलेले भने-‘न्यू इअर विथ न्यू एअरपोर्ट’

  • 2.9K
    SHARES

  • भैरहवा आएर क्यालिब्रेशन उडानको निरिक्षणपछि मन्त्री आलेले भने-‘न्यू इअर विथ न्यू एअरपोर्ट’

    बुटवल,फागुन ७। 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले भैरहवामा क्यालिब्रेशन उडानको निरिक्षण गरेका छन् । उनी रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आएका हुन् ।

    शनिबार बिहान आएका उनले बिमानस्थलमा भईरहेको काम र उडानको निरक्षण गरेका हुन । निरिक्षण पछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले क्यालिब्रेशन उडान सम्पन्न भइसकेपछि नेपाल एअरलाइन्सको ध्वजाबाहक विमान वाइडवडीबाट परीक्षण उडान गरिने बताए ।

    मन्त्री आलेले फागुन १५ गतेसम्म क्यालिब्रेशन फ्लाइट हुन्छ भनेर डेडलाइन तोकिए पनि करिब ८–९ दिन अघि नै छिटो काम सुरु भएको बताए  ।  क्यालिब्रेशन फ्लाइट सम्पन्न गरिसकेको १०–१२ दिनको बीचमा नेपाल एअरलाइन्सको ध्वजाबाहक विमानबाट टेष्ट फ्लाइट गर्ने जानकारी दिए ।

    उनले क्यालिब्रेशन फ्लाइटको रिपोर्ट आइसकेपछि वैशाख १ गते न्यू इअर विथ न्यू एअरपोर्ट’ को शुभारम्भ गरिने बताए।  अब बुद्ध जयन्तीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरु गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउने मन्त्री आलेको  भनाइ थियो । 

    समस्याको रुपमा विमानस्थलमा हवाइ अवतरणका क्रममा भारतमा रहेको आर्मी ब्यारेक नजिक भएकाले यो समस्या समाधानका लागि आफूले भारतका उड्डयन मन्त्रीलाई भेटेर सहयोग गरिदिनुपर्यो भनेर अनुरोध गरेको बताए ।

    लुम्बिनी विकास गुरुयोजनाको काम १९ प्रतिशत रहेको र बाँकी रहेका काम सम्पन्न गर्न अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित गरेर अगाडी बढाउने मन्त्री आलेले जानकारी दिए  ।   

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology