Logo बिहिवार, श्रावण १४ गते २०८३
images

बुटवल १० मा ३० जना युवा कांग्रेसमा प्रवेश

बुटवल १० मा ३० जना युवा कांग्रेसमा प्रवेश

  • 3.2K
    SHARES

  • बुटवल १० मा ३० जना युवा कांग्रेसमा प्रवेश

    बुटवल, फागुन ७ ।

    नेपाली कांग्रेस बुटवल १० ले सम्मान ,प्रशिक्षण तथा अन्तरसम्बाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा अन्य पार्टी परित्याग गरेर ३० जना युवा कांग्रेसमा प्रवेश गरेका छन् ।

    सो अवसरमा बोल्दै नेपाली कांग्रेस रूपन्देहीका सभापति रामकृष्ण खांणले नेपाली कांग्रेस जनताको पार्टी भएका भन्दै निर्वाचनमा कांग्रेसलाई बिजयी बनाउन आग्रह गरे ।

    उनले अबको निर्बाचनमा कांग्रेसले हार्ने छुट नभएको भन्दै युवा बर्ग संगठन मजबुत बनाउन कस्सिनुर्ने बताए । उनले निर्बाचन कुनै हालतमा हुनेभन्दै ब्याक्ति होइन पार्टी जिताउने अभियानमा लाग्न आग्रह गरे ।

    ram krishna khad.jpg

    वडा सभापति क्या किशन बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीमा बिभिन्न जिम्मेबारीमा पुगेकाहरुलाइ सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा हरि लम्साल,गंगा गुरुङ,झपट गुरुङ, डिल्ली नारायण पाण्डे,शर्मिला पाण्डे,चन्द्रकला बुढाथोकी,पत्रकार कपिल ज्ञवाली,माधव पौडेल लगायत छन् ।

    सो अबसरमा  कांग्रेस क्षेत्रीय सभापति हरि लम्साल,कांग्रेस प्रदेशसभा क का सभापति खड्ग महत,बुटवल नगर सभापति खेलराज पाण्डे,सांस्कृतीक संयोजक डिल्लीनारायण पाण्डे ,मजदुर नेता जेबी गुरूङ, उपसभापति रामकुमार श्रेष्ठ,वडा सचिब प्रकाश भट्टराई लगायतले बोलेका थिए ।कार्यक्रममा प्रशिक्षक डिल्ली नारायण पाण्डे र किशोर कुमार खनालले प्रशिक्षण दिएका थिए । 

    congress 10.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology