Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमेरिकाले देउवा र ओलीलाई मिलाएर एमसीसी पास गराउँदैछ : चित्रबहादुर केसी

अमेरिकाले देउवा र ओलीलाई मिलाएर एमसीसी पास गराउँदैछ : चित्रबहादुर केसी

  • 2.4K
    SHARES

  • अमेरिकाले  देउवा र ओलीलाई मिलाएर एमसीसी पास गराउँदैछ :  चित्रबहादुर केसी

    बुटवल, फागुन ७ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शेरबहादुर देउवा र केपी ओलीलाई मिलाएर एमसीसी पास गराउन अमेरिका लागि परेको बताउनुभएको छ।

    एमसीसी पास गराउनका लागि अहिले अमेरिकाले एमालेलाई फकाईरहेको दावी गर्नुभयो । अध्यक्ष केसीले अमेरिकाले अहिले एमसीसी पास गराउने विषयमा अमेकिराले राष्ट्रिय जनमोर्चाको आशै नगरेको बताउंदै एमाओवादी र नेकपा एकीकृत समाजवादीबाट आश मरेपछि अहिले अमेरिका एमालेको पछिलागेको दावी गर्नुभयो।

    उहांले वामपन्थीकै कारण एमसीसी पास हुने खतरा रहेकाले नेपाली जनता सचेत रहनुपर्नेमा जोड दिनुभयो। नेशनल मल्टी पर्पोज इनभेष्टमेण्ट कम्पनी प्रालिको शनिबार बुटवलमा आयोजित साधारण सभामा बोल्दै अमेरिकन लगानी एमसीसीले देशमा विदेशी हस्तक्षेप झनै बढ्ने बताउनुभयो। .पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष केसीले अमेरिकन जासजुस नेपाल आएर नेपालीलाई फकाइरहेको दावी गर्दै सत्ता चलाउनेहरु बिकी सकेको दावी गर्नुभयो।

    सत्ता चलाउनेहरुको असक्षताका कारण नोपलमा विदेशी हस्तक्षेप बढेको उल्लेख सत्ता चलाउनेहले विदशी शक्तिकेन्द्रहरुसंग दलाली गरिरहेको आरोप लगाउनुभयो।उहांले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकालाई कमजोर बनाइएकाले देश विघटनको अवस्थातिर गएको बताउनुभयो।

    उहांले नेपालको प्राकृतिक सम्पदा र जलश्रोतमाथि विदेशीको हस्तक्षेप भएकाले देश आर्थिक रुपले संकटमा परेको बताउनुभयो। .देशको राष्ट्रिय पूंजीलाई संरक्षण गरी दलाल पूजीलाई विस्थापित गर्नुको विकल्प नभएको उल्लेख गर्दै नीजि करण र उदारिकरणले अर्थतन्त्र ध्वस्त भएको तर्क गर्नुभयो।

    अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका संस्थापक अध्यक्ष भैरवराज रेग्मीले देशलाई आर्थिक रुपले बलियो बनाउन राष्ट्रिय अर्थतन्त्रको संरक्षण गरी राष्ट्रिय पूंजीको विकास गर्नुपर्ने बताउनुभयो। सामूहिक लगानीको उत्पादनबाट राष्ट्रिय पूंजी बढाउनु पर्ने बताउंदै राष्ट्रिय पूंजीको विकास र दलाल पूंजीको विस्थापित नगरेसम्म देश समाजबादमा जान नसक्ने तर्क गर्नुभयो।

    कार्यक्रममा ऋतु केसी, लक्ष्मणदेव पाण्डे, उमलाल बञ्जाडे, पदम श्रेष्ठ, कृष्णभक्त गिरी, सविन अर्गेजा,भागिरथ शर्मा,गोविन्दप्रसाद पौडेल लगायतले नेपालको अर्थतन्त्र र राष्ट्रिय पूंजीको विकासबारे आआफ्ना भनाई राख्नुभएको थियो। नेशनल मल्टी पर्पोज इनभेष्टमेण्ट कम्पनी प्रालिको २०७३ सालमा स्थापना गरिएको हो।

    नेपालमा सामूहिक लगानी गर्नुपर्छ भन्ने भावनाको बिकास गरी सोही लगानीबाट उत्पादन गरी देशलाई आत्मनिर्भर गराउने प्रालिको मुख्य उद्वेश्य हो। प्रालिमा अहिले ५७ जना लगानी रहेको छ।अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघका अध्यक्ष ढुण्डीराज शर्माको अध्यक्षता, ढाकाराम पौडेलको सञ्चालन र सञ्चालक ऋतु केसीको स्वागतमा कार्यक्रम भएको थियो। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology