Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गर्भनर पदका उम्मेदवार उमङ्ग देवकोटाले भने- लायनिजमलाई व्यवस्थित गर्नेछु

गर्भनर पदका उम्मेदवार उमङ्ग देवकोटाले भने- लायनिजमलाई व्यवस्थित गर्नेछु

  • 3.4K
    SHARES

  • गर्भनर पदका उम्मेदवार उमङ्ग देवकोटाले भने- लायनिजमलाई व्यवस्थित गर्नेछु

    बुटवल, फागुन ६ । 

    प्रस्तावित लायन्स जिल्ला ३२५ पि का गर्भनर पदका उम्मेद्धवार उमङ्ग देवकोटाले रुपन्देही आसपासका लायन्स मतदाता सँग साक्षात्कार कार्यक्रम गरेका छन । लायन्स जिल्ला ३२५ बी २ बहुबिभाजन भइ बनेको प्रस्तावित जिल्ला ३२५ पी को निर्वाचनको मिती नजिकिदै गर्दा उनले लायन्स मतदाता सँग साक्षात्कार गरेको हुन ।

     फागुन ७ गते शनिवार चितवनमा सम्पन्न हुने लायन्स जिल्ला ३२५ बी २ को अधिवेसनमा गर्भनर पदमा उम्मेद्धवारी दिएका देवकोटाले जिल्ला पि को लायनिजमलाई व्यवस्थित गर्न आफुलाई निर्वाचनमा हुन्छ भन्ने पुर्ण मतका साथ बिजयी बनाउन अपिल गरेका छन । साक्षात्कार कार्यक्रममा उनले सन् २००६ देखि लायन्स यात्राको आरम्भ गरेको स्मरण गर्दै हाल सम्म लायन्स यात्रामा आफु कहिल्यै अलग भएर नबसेको र प्राप्त भएका जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गदै आएको बताए । प्रस्तावित लायन्स जिल्ला पि को सस्थागत बिकास र लायन्स शिक्षाको लागी आफ्नो उम्मेद्धवारी रहेको उल्लेख गरे ।

    उनले भने “प्रस्तावीत लायन्स जिल्ला पी को सस्थागत बिकासको लागी केही साथीहरुले चुनौती रहेको छ भन्ने गरेको सुनेको छु । तर मैले भने जिल्ला पि मा लायनिजमको सस्थागत बिकासका अवसरहरु मात्र देखेको छु । त्यसकारण भोलीका दिनमा जिल्ला ३२५ पी लाई आफुले प्राप्त गरेको अनुभवको आधारमा कस्तो बनाउने भन्ने बिषयमा सोच बिचार गरेर गर्भनर पदमा उम्मेद्धवारी दिएको छु ।”

    साक्षात्कार कार्यक्रममा आफ्ना चुनावी प्रतिबद्धताहरु समेत सार्वजनीक गर्दै देवकोटाले जिल्ला पि मा लायन्सको सस्थागत बिकासका लागी भौतिक संरचनाको बिकास सँगै लायन्स शिक्षामा जोड दिनु पर्ने उल्लेख गरे । भौतिक संरचनाको बिकास सँगै लायन्स शिक्षाको अभावमा भोलीको दिनमा लायनिजम व्यवस्थित हुन नसक्ने भएकोले आफ्नो नेतृत्व कालमा जिल्ला पि मा लायन्स एकेडेमीको स्थापना गरेर नमुना जिल्लाको रुपमा पि लाई अगााडी बढाउने जनाए । उनले आफ्ना प्रतिबद्धतामा झुठो नबोल्ने उल्लेख गरेको बताउदै आफुले आज सम्म कसैसँग पनि झुठो र अप्रिय शव्दको प्रयोग नगरेको र आफुले प्रतिबद्धतामा उल्लेख गरेका योजनाहरु पुरा गर्ने बताए ।

    कार्यक्रममा बोल्दै देवकोटाले नेतृत्वले विगतमा भएको सहमती कार्यवन्यनमा जोड नदिदाँ अन्य जिल्लामा जस्तो जिल्ला पी मा अफिसियल मनोनय हुन नसक्नु दुखद भएको बताए । नेतृत्व तहले बिगतमा आफैले गरेको भद्र सहमतीको पालना गर्न नसक्नु बिडम्बना भएको बताए । उनले भने “म आफु कहिल्यै झुठो पनि बोल्दिन र सँगै आफ्नो बोलीमा अडिग रहन्छु । तर  नेतृत्व तह आफ्नो बाणीमा पक्का हुन सक्दा जिल्ला पि नयाँ नेतृत्व चयन सर्वसम्मत हुन नसकी निर्वाचनको संघारमा पुगेको पुगेको छ ।” निर्वाचन मनोनयनको लागी अन्तिम दिन सम्म पनि आफु सहमती र सहकार्यको माध्यमबाट अगाडी बढ्न नेतृत्वलाई पहल गर्दै र बिगतमा भएका सहमती पालना गर्दै गर्दा पनि नेतृत्व तह बिगतका सहमतीलाई लत्याउदै लायन्सवादमा विधी स्थापना भन्दा पनि व्यक्ति प्रधान व्यवस्थाको स्थापीत गर्न लागेकोले लायन्स पी मा विधिको शासन स्थापना गर्नकाले लागी मनोनयन दर्ताको अन्तिम सयममा आफुले उम्मेद्धवारी दर्ता गर्न बाध्य भएको बताए ।

    उनले भने “ निर्वाचन मनोनयनको अन्तिम समय माघको २७ गते जिल्ला पि मा आधिकारीक टिम बनाएर सहमती र सहकार्यको माध्यमबाट अगाडी बढ्ने भन्ने सहमती बन्यो । सहमती अनुसारको पदमा उम्मेद्धवारी दिनको लागी मतदान अधिकृतको कार्यकक्ष समक्ष पुग्दा नेतृत्वले आफैले गरेको सहमती कार्यावन्यन नगरेपछि आफु समक्ष अन्तिम बिकल्पको रुपमा निर्वाचन रहेको उल्लेख गर्दै निर्वाचनमा गएको जिकिर गरे ।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी महेन्द्र नारायण श्रेष्ठले लायन्स जिल्ला ३२५ पी मा व्यक्ति प्रधान पद्धतीको अन्त्य गर्दै लायन्समा  विधिको सासन स्थापीत गर्न उमङ्ग देवकोटालाई निर्वाचित गराउनुको बिकल्प नभएको बताए । उनले बिगतमा आफुहरुले गरेको सहमतीलाई आत्मसाथ गर्दै सहकार्यको माध्यमबाट अगाडी बढ्न आग्रह गर्दा पनि व्यक्तिवादी प्रवृतिलार्इृ बढावा दिनको लागी विधिको शासनको अन्त्य गर्न खोजेको बताए । उनले भने हामीले हिजोको दिनमा उमङ्ग देवकोटालाई पनि लायन्स जिल्लाको नेतृत्वको लागी योग्य छ र उसलाई पनि सबैले समेटेर लैजान पर्छ भनेर हेटौडामा सबैको उपस्थितीमा सहमती र सहकार्य गरेका थियौ । तर आज अधिवेसनको संघारमा आइ पुग्दा उमङ्ग देवकोटामा केको कमी भयो र नेतृत्व  दिनबाट बञ्चित गर्न खोज्यौ भन्दै प्रश्न गरे ।

    उनले प्रस्तावीत लायन्स जिल्ला ३२५ पीको सस्थागत विकासका लागी अहिलेको अवस्थामा उमङ्ग जस्तो परिपक्क उम्मेद्धवार पि मा मात्र नभएर अन्य जिल्ला पनि सायदै पाउन सकिने उल्लेख गरे । लायन्सको विभिन्न पदमा रहेर अनुभव सँगाल्दै आएका देवकोटा लाई हुन्छ भन्ने पुर्ण मतका साथ बिजयी बनाउन उनले अपिल गरे । उनले बिगतमा भएका सहमती र सहकार्यबाट नेतृत्व बिमुख हुनु बिडम्बना भएको जिकिर गरे ।

    कार्यक्रममा जिल्ला ३२५ पी का प्रथम भाइस डिष्ट्रिक गर्भनर पदका उम्मेद्धवारका तर्फबाट अनिल प्रसाद श्रेष्ठ, द्धितिय भाईस गर्भनर पदका उम्मेद्धवारका तर्फबाट सुरेन्द्र मुनि शाक्य, राम प्रसाद पौडेल, कलाधर पाण्डे, ज्ञान प्रसाद पौडेल लगायतले शुभकामना दिनु भएको थियो । लायन्स क्लव अफ शंकरनगरका पुर्व अध्यक्ष मुकुन्द ज्ञवालीको स्वागत, लायन्स क्लव बुटवल खस्यौलीका पुर्व अध्यक्ष राजु पौडेलेको संचालनमा भएका कार्यक्रममा बिजय पाण्डेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

     

    umanga devkotaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology