Logo मंगलवार, श्रावण १२ गते २०८३
images

गगनले भने-‘ कुराकानी पनि नमिल्ने, गठबन्धन पनि चलिराख्ने भन्ने हुँदैन ’

गगनले भने-‘ कुराकानी पनि नमिल्ने, गठबन्धन पनि चलिराख्ने भन्ने हुँदैन ’

  • 2.0K
    SHARES

  • गगनले भने-‘ कुराकानी पनि नमिल्ने, गठबन्धन पनि चलिराख्ने भन्ने हुँदैन ’

    बुटवल, फागुन ६ ।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् ।

    शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले भने,- कुराकानी पनि नमिल्ने, गठबनधन पनि चलिराख्ने भन्ने हुँदैन ।’

    संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुंगो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो बीचमा कुरा मिलेन, यो गठबन्धन चल्दैन ।’

    उनले एमसीसीलाई चुनावपछि धकेल्ने प्रस्ताव स्वीकार्य नहुने बताए । भन्छन्, ‘यो अहिले राष्ट्रघाति छ भने, चुनावपछि पनि राष्ट्रघाति नै हुन्छ ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology