Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपालमा थप ६ जनाको मृत्‍यु,५७० जनामा कोरोना संक्रमण

नेपालमा थप ६ जनाको मृत्‍यु,५७० जनामा कोरोना संक्रमण

  • 1.6K
    SHARES

  • नेपालमा थप ६ जनाको मृत्‍यु,५७० जनामा कोरोना संक्रमण

    बुटवल,फागुन ५ ।

    पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ६ जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७८९ नमुना परीक्षण गरिएको थियो । ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार ७६१ जनाको एन्टीजेन परीक्षण गर्दा २०६ गरी ५७० जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा एक हजार ९९३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १२ हजार ५३७ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ भने ९ लाख ४४ हजार ३३७ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर १६ हजार ६१६ संक्रिय संक्रमित छन् । जसमध्‍ये १७ हजार ५८० संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने ६७१ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये १५६ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology