बुटवल,असोज २७-
लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णी थारुलाई कोरोना संक्रमण पुष्टि भएको छ। थारुले मंगलबार सामाजिक सञ्जालमा आफूमा कोरोना संक्रमण भएको लेखेकी छन् ।
उनले आफूसंग सम्पर्कमा रहेकाहरुलाई सर्तक रहन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छन्। यसअघि सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना पनि संक्रमण देखिएको थियो। भने लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई पनि कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा छन।
प्रदेशसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीलाई पनि कोरोना पुष्टि भएको छ। यसैगरि उद्योग, पर्यटन समितिका सभापति दधिराम शर्मालाई कोरोना पुष्टि भएको छ। प्रदेशसभाका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएको सचिवालयले जनाएको छ। प्रदेशसभामा गएका केहि पत्रकारहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ।
सचिवालयले गरेको कन्ट्रयाक ट्रेसिङमा ३३ जनामा कोरोना संक्रमण :
सभामुख, मन्त्री र केहि सांसदहरुलाई कोरोना संक्रमण देखिएपछि प्रदेशसभा सचिवालयले गरेको कन्ट्रयाक ट्रेसिङमा ३३ जनामा कोरोना संक्रमण देखिएको छ।
प्रदेशसभा सदस्य, कर्मचारी, मर्यादा पालक तथा सुरक्षाकर्मी गरि ९५ जनाको पिसिआर परीक्षण गरिएको लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए। कार्तिक ६ गतेसम्मका लागि सचिवालय बन्द गरेको छ।
यी खबरहरु पनि पढाैँ :-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)