पाल्पा,फागुन ४ ।
प्रस्तावित लायन्स जिल्ला पि का गभर्नर पदका उम्मेद्धवार उमङ्ग देवकोटा र पाल्पाली लायन्स क्लवहरुका बीचमा छलफल तथा अन्तरक्रिया सम्पन्न भएको छ । यही फागुन ७ गते चितवनमा सम्पन्न हुने लायन्स जिल्ला ३२५ बी २ को अधिवेसनमा प्रस्तावित जिल्ला पि का गभर्नर पदका उम्मेद्धवार देवकोटाले पाल्पाली लायन्सका पदाधीकारीहरु छलफल तथा अन्तरक्रिया गरेका हुन ।
लायन्स क्लव अफ पाल्पाको आतिथ्यतामा भएको छलफल कार्यत्रममा बोल्दै गर्भनर पदका उम्मेद्धवार उमङ्गले प्रस्तावित जिल्ला पि मा लायन्स शिक्षा बिस्तार र बिकासको लागी आफुलाई बिजयी बनाउन अपिल गरेका छन् । उनले लायन्स जिल्ला ३२५ बी २ बहुबिभाजन भई बनेको जिल्ला पि को आवश्यकता भौतिक संरचानाको बिकास सँगै लायन्स सदस्यहरुको क्षमता अभिबृद्धि र लायन्स शिक्षाको बिकास पनि अहिलेको आवश्यकता रहेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै उनले जिल्ला पि अन्र्तग रहेका दुइ सय भन्दा बढी क्लवका ४५ सय सदस्य लाई लायन्स शिक्षाको लागी लायन्स एकेडेमीको स्थापना मुख्य आवश्यकता रहेको र आफ्नो मुख्य योजना पनि लायन्स एकेडेमिको स्थापना गर्ने बताए । उनले भने लायन्समा विभिन्न विद्यामा रहेर समाजमा योगदान पुर्याउनु भएका व्यक्तिहरु यसको सदस्यको रुपमा हुनुहुन्छ । प्रस्तावित जिल्लाको भौतिक बिकास सबै सदस्यको सामान्य सहयोगको माध्यमबाट पनि पुरा गर्न सकिन्छ तर भौतिक बिकासलाई भन्दा पनि लायन्स शिक्षालाई जोड दिनु सकेमा मात्र समाजमा लायन्सवादले सार्थकता पाउने बताउदै लायन्स शिक्षाको बिस्तारका लागी जिल्ला पी मा आफु योग्य उम्मेद्धवार रहेको उनले जिकीर गरे ।
उनले सन् २००६ मा लायन्स क्लवमा प्रवेश गरेका देवकोटाले लायन्स जिल्लाको विभिन्न पदमा रहेर काम गर्दै आएको बताए । लायन्समा कुशल प्रशिक्षकका रुपमा समेत छवि बनाएका देवकोटा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालिमहरुमा सहभागीता समेत जनाएका देवकोटा हाल लायन्स जिल्ला ३२५ बी २ का चिफ डिष्ट्रिक एडभाइजर रहेका छन ।
लायन्स क्लव अफ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै लायन्स जिल्ला ३२५ बी २ का डिष्ट्रिक एक्जुकेटिभ चिफ सुशिल प्रधानले सहमती र सहकार्यको लागी आफु प्रतिबद्ध रहेको बताए । गत बर्ष हेटौडामा सम्पन्न भएको नवौ कन्भेन्समा भएको सहमती पालना र कार्यवन्यनमा नेतृत्व तहले तदारुकता नदेखाउनु बिडम्बना भएको उल्लेख गरे । समहती र सहकार्यका साथ अगाडी बढ्नु पर्नेमा जोड दिदै उनले बिगतमा भएका सहमती पालना नगरेर नेतृत्व तहले गलत गरेको बताए ।
प्रस्तावति लायन्स जिल्ला ३२५ पी को द्धितिय गर्भनर पदमा आफ्नो पनि उम्मेद्धवारी कायम रहेको बताए । समाजीक संजालमा हल्ला भए जस्तो द्धितिय गर्भनर पदबाट आफ्नो उम्मेद्धवारी फिर्ता भनभएको जानकारी दिए । उनले सामाजीक संलायन्स क्लव अफ पाल्पाका पुर्व अध्यक्ष समेत रहेको प्रधानले क्लव स्थापनको ३७ बर्ष पछि जिल्ला तहको नेतृत्वमा पाल्पा क्षेत्रका क्लवहरुको तर्फबाट जिल्ला पी को द्धितिय गर्भनर पदमा आफ्नो उम्मेद्धवारी रहेको बताए ।
कार्यक्रममा लायन्स क्लव अफ देउरालीका अध्यक्ष ज्ञानु प्रसाद पौडेल, लायन्स क्लव अफ श्रीनगरका अध्यक्ष यादव सिहं कार्कीं, जोन च्यरपर्सन भिम बहादुर श्रेष्ठ, डिष्ट्रिक डिर्पाटमेन्ट चिफ शशि श्रेष्ठ, अनरी डिष्ट्रिक एडभाइजर बुद्धि प्रसाद शर्मा लगायतले बोल्दै बिगतमा लायन्स नेतृत्वले गरेको सहमती कार्यान्वयन नगरिएको सन्र्दभमा गर्भनर पदमा उमङ्ग देवकोटाले दिएको उम्मेद्धवारी जायज रहेको बताए ।
उनीहरुले बिगतमा नेतृत्वले गरेको सहमती कार्यान्यवन नहुन बिडम्बना भएको समेत बताएका छन् । मुकुन्द ज्ञवाली को स्वागत, बिजय पान्डेको धन्यवाद ज्ञापन रहेको कार्यक्रममा राजु पौडेलको संचालनमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)