बुटवल,फागुन ४ ।
लागुऔषध दुर्व्यसनी न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ । लियो क्लव अफ बुटवल गोल्डेन जुब्लीको आयोजना र परिचित बचत तथा ऋण सहकारी संस्थाको सहआयोजनामा कार्यक्रम भएको हो ।
तिलोत्तमा-१२, प्रगतिनगर महनाजोतस्थित परिचित सहकारीको सभाहलमा सम्पन्न कार्यक्रममा बुटवलको आस्था समुहका प्रशिक्षक खेमराज हिताङ्गले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ४० भन्दा बढी युवा,विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।
तिलोत्तमा नगरपालिका वडा नम्बर १२ का वडा सदस्य हरि प्रसाद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लियो जिल्ला परिषद ३२५ बि २ नेपालका जिल्ला उपाध्यक्ष लीलामणि न्यौपाने, वडा नम्बर १२ का वडा सदस्यहरु दुर्गा आचार्य, जीवन तिमिल्सिना, उमा विक, सहकारी संस्थाका पुर्व अध्यक्ष यादव प्रसाद अर्याल, सहकारीका अध्यक्ष चित्र बहादुर बोहोरा, सचिव राम बहादुर कुंवर, व्यवस्थापक यनुका थापा क्षेत्री, विजयनगर टोल विकास संस्था सदस्य पुरुषोत्तम पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अतिथिहरुले कार्यक्रमको प्रशंसा गर्दै सहकार्य गर्ने सहकारीलाई धन्यवाद दिदै पछिल्लो समयमा युवा पुस्ता कुलततर्फ उन्मुख भएकोमा त्यस्तो कार्य रोक्नको लागि सबैले साथ र सहकार्य गर्दै समाज परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष श्रीधर बस्यालले आफ्ना सन्तानलाइ कुलतमा फस्न नदिन परिवारको उचित मार्गदर्शन चाहिने बताए।क्लवका अध्यक्ष श्रीधर बस्यालको अध्यक्षता तथा सचिव महेश ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)