Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल जेसीजमा शाखा पदाधिकारी तालिम सम्पन्न

बुटवल जेसीजमा शाखा पदाधिकारी तालिम सम्पन्न

  • 2.4K
    SHARES

  • बुटवल जेसीजमा शाखा पदाधिकारी तालिम सम्पन्न

    बुटवल ,फागुन ४।

    बुटवल जेसीजले शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ ।४८ बर्षे ऐतिहासीक बिरासत बोकेको बुटवल जेसीज बर्ष २०२२ को पहिलो कार्यक्रम शाखा पदाधिकारी तालिम भएको अध्यक्ष चन्द्रमणी भुसालले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकार लालहरी पाण्डेको प्रमुख प्रशिक्षणमा उक्त शाखा पदाधिकारी तालिम सम्पन्न भएको हो ।

    बुटवल जेसीज बर्ष २०२२ का पदाधिकारी हरुलाई आफ्नो पदीय दायित्व तथा जेसीज अभियानमा केन्द्रित रहेको उक्त तालिममा बर्ष २०२२ को कार्ययोजनाका साथै बुटवल जेसीजको ५० औं बार्षिकोत्सवको अवसरमा सम्पन्न गर्न लागको नेपाल जेसीजको महाधिबेशनको बारेमा समेत गहन छलफल भएको थियो ।

    बुटवल जेसीजका करिव २० जना पदाधिकारी सहभागीता रहेकोऔपचारिक  तालिमको सन्चालन  बुटवल जेसीजका महासचिव मोहन न्यौपाने तथा कानुनी सल्लाहकार बिनोद घिमिरेको स्वागत मन्तब्यमा भएको थियो ।

    उपस्थित सम्पुर्ण पदाधिकारिहरु लाई बुटवल जेसीजका पुर्व अध्यक्ष तथा सल्लाहकारहरुले आफ्ना अनुभव साट्दै जेसिज अभियानमा होमिन थप उर्जा प्रदान गर्नुभएको थियो ।jesiss.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology