Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेकपा मसालले भन्यो-‘ भोलिको नेपाल बन्दमा हाम्रो पार्टीको सहभागिता रहने छैन ’

नेकपा मसालले भन्यो-‘ भोलिको नेपाल बन्दमा हाम्रो पार्टीको सहभागिता रहने छैन ’

  • 3.4K
    SHARES

  • नेकपा मसालले भन्यो-‘ भोलिको नेपाल बन्दमा हाम्रो पार्टीको सहभागिता रहने छैन ’
     

    बुटवल,फागुन ३ ।

    ने.क.पा. (मसाल) ले भाेलि आब्हान गरिएको नेपाल बन्दमा सहभागिता नरहने बताएको छ । तर  पूर्व निर्धारित कार्यक्रम अनुसार देशभरि एमसीसीका विरुद्ध विरोध सभाका कार्यक्रम एकल वा संयुक्त रुपमा समेत आयोजना गरिने मसालले जनाएको छ । 

    प्रवक्ता रामप्रकाश पुरीद्वारा जारी बिज्ञप्तिमा लेखिएको छ -‘ हाम्रो पार्टी नेकपा मसाल लगायत विभिन्न बामपन्थी संगठनहरुको कार्यगत एकता भई एमसीसीका विरुद्ध विगतदेखि नै संयुक्त आन्दोलन हुँदै आएको छ । यस सिलसिलामा भोलि २०७८ फागुन ४ गते एमसीसी विरुद्ध संयुक्त आन्दोलनको कार्यक्रमको आयोजना गरिएकोमा कार्यगत एकतामा रहेका कतिपय बामपन्थी संगठनहरुले नेपाल बन्दको कार्यक्रमको आयोजना गरेको जानकारी प्राप्त भएको छ । हामीलाई उक्त नेपाल बन्द कार्यक्रमबारे पूर्व जानकारी नभएर आज मात्रै जानकारी भएको र त्यसबारे हामीलाई तत्काल देशव्यापी रुपमा तयारी गर्न सम्भव नभएकोले भोलिको बन्द कार्यक्रममा हाम्रो पार्टीको सहभागिता रहने छैन । तर पूर्व निर्धारित कार्यक्रम अनुसार देशभरि एमसीसीका विरुद्ध विरोध सभाका कार्यक्रम एकल वा संयुक्त रुपमा समेत आयोजना गरिने जानकारी गराइन्छ ।’

    मिति २०७८ फागुन ३ गते

    एमसीसी सम्झौताबिरुद्ध भाेलि नेपाल बन्दको घोषणा !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology