Logo मंगलवार, श्रावण १२ गते २०८३
images

काँग्रेस नेता सुर्यप्रसाद प्रधानको स्मृतिमा पुस्तकालय स्थापना हुने

काँग्रेस नेता सुर्यप्रसाद प्रधानको स्मृतिमा पुस्तकालय स्थापना हुने

  • 4.8K
    SHARES

  • काँग्रेस नेता सुर्यप्रसाद प्रधानको स्मृतिमा पुस्तकालय स्थापना हुने

    बुटवल,फागुन ३ ।

    नेपाली काँग्रेसका पुराना नेता स्व.सुर्य प्रसाद प्रधानको स्मृतिमा पुस्तकालय स्थापना हुने भएको छ ।

    नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर २ को सम्पन्न बैठकले स्व. प्रधानको स्मृतिमा सुर्यप्रसाद प्रधान स्मृति पुस्तकालय स्थापना गर्ने निर्णय गरेको सचिव प्रजापाल गिरीले नागरिक अनलाइनलाइ जानकारी दिए ।

    बैठकले पुस्तकालय निर्माण तथा संचालनकालागि  क्षेत्रीय सचिव प्रजापाल गिरीको संयोजकत्वमा ७ सदस्यीय समिती निर्माण गरेको छ । जसको सदस्यहरुमा दीपक रायमाझी, विवेश पुरी, टेक बहादुर रेश्मी, अनिता केसी, उमा देवी थापा क्षेत्री,अदिल अहमद रहेका छन् ।

    बैठकले यस क्षेत्र भित्र रहेका नेपाली काँग्रेसका कृयाशिल सद्स्य, साधारण सदस्य,भातृ एवं शुभेच्छुक संघसंस्थाका सदस्यहरुको व्यक्तिगत  तथा पारिवारिक बिवरण संकलन गर्ने समेत निर्णय गरेको छ ।

    नेपाल सरकारले २०७९ बैशाख ३० गते सम्पन्न गर्ने गरि गरेको स्थानीय तह निर्वाचनको घोषणाको स्वागत गर्दै आफू मातहतका निकायलाई निर्वाचनको तयारीका लागि निर्देशन समेत गरेको छ ।

    बैठकमा काजिमान श्रेष्ठ, उपसभापतिद्वय पर्शुराम ढकाल, खडक बहादुर महत,सचिव बिमलराज भट्टराई, राज बहादुर क्षेत्री लगायतले आ-आफ्नो धारणा राखेका थिए। बैठक क्षेत्रिय समितिका सभापति हरि लम्सालको सभापतित्वमा सम्पन्न भएको थियो  । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology