बुटवल, फागुन २ ।
चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत अन्तिम खेलमा आयरल्यान्डसँग नेपाल १६ रनले पराजित भएको छ।
सोमबार भएको खेलमा आयरल्यान्डले दिएको १२८ रनको सामान्य लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐेरीले सर्वाधिक २८ रन बनाए। उनले ३० बलमा १ चौका र १ छक्का बनाए। यस्तै, आसिफ शेखले २३ रन बनाउँदा कुशल भुर्तेलले १५ र कमलसिंह ऐरीले १३ रन बनाए।
नेपालका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालले एक ओभरको अन्तरमा दुई अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र शरद भेषावकरलाई सस्तैमा गुमाएपछि दबाबमा परेको थियो।
शरद १ रनमा एलबीडब्लू आउट भए भने ज्ञानेन्द्र ५ रनमा क्याच आउट भए। यता, कुशल मल्ल ९, लोकेश बम ६ रन बनाए भने सन्दीप लामिछाने १ रनमा आउट भए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)