Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीका २ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश,उपाध्यक्ष पाैडेलले गरे स्वागत

रूपन्देहीका २ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश,उपाध्यक्ष पाैडेलले गरे स्वागत

  • 2.5K
    SHARES

  • रूपन्देहीका २ गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश,उपाध्यक्ष पाैडेलले गरे स्वागत

    बुटवल,फागुन २ ।

    रूपन्देहीका २ गाउँपालिका अध्यक्ष सोमवार नेकपा एमालेमा प्रवेश गरेका छन् । ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट ‘राहुल’, उपप्रमुख सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव एमालेमा प्रवेश गरेको हुन् ।

    नवप्रवेशीलाई नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।

    केवट र हरिजन माओवादी केन्द्रबाट अध्यक्ष र उपाध्यक्ष हुन् । रूपन्देहीका १६ पालिकामध्ये ओमसतिमामा मात्र माओवादीले २०७४ सालको स्थानीय तह निर्वाचनमा जीत हासिल गरेको थियो । 

    यादव तत्कालीन मधेशी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी जसपा बाट निर्वाचित अध्यक्ष हुन् । सनोज रूपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका सहोदर भाइ हुन् ।

    एमाले रुपन्देहीले धकधईमा विशाल कार्यक्रम गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको हाे  । उपाध्यक्ष पौडेलले २०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology