Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा र नेता पौडेल अदालतको आदेशमा रिहा

‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा र नेता पौडेल अदालतको आदेशमा रिहा

  • 3.7K
    SHARES

  • ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा  र नेता  पौडेल अदालतको आदेशमा रिहा

     सप्तरी,भदौ १५।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाकी नेतृ उमा भुजेल र नेता सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएका छन् ।पुनः पक्राउ गर्न प्रहरीहरु अदालत परिसरमा पुगे पनि उनीहरु प्रहरीको आँखा छलेर उम्किन सफल भएका छन् ।

    सप्तरी जिल्ला अदालतले न्यायाधीश चन्द्रमणी ज्ञवाली र सप्तरी जिल्ला बार एशोसिएसनका अध्यक्ष डोमन साहको रोहबरमा आइतबार साँझ रिहा गरेको हो ।यी दुवैको हकमा प्रतिमा भुजेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

    उक्त रिटको आधारमा सर्वोच्च अदालतले सम्बन्धित जिल्लामा उपस्थित गराई जिल्ला न्यायाधीशको रोहबरमा थुनामुक्त गरी सोको जानकारी गराउन सप्तरी जिल्ला अदालतलाई आदेश दिएपछि यहाँबाट दुवैलाई रिहा भएका हुन् ।

    यसअघि सुनसरीमा पक्राउ परेका यी दुवै गत भदौ २ गते सुनसरी जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । रिहा भएलगत्तै सुनसरी प्रहरीले पक्राउ गरी सप्तरी प्रहरीको जिम्मा लगाएको थियो । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरले दवैबिरुद्ध अभद्र व्यवहारको आरोपमा मुद्दा दायर गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology