Logo बिहिवार, आश्विन १ गते २०८३
images

दृष्टिबिहिन-अपाङ्गता भएका व्यक्तिका लागि चेस तालिम

दृष्टिबिहिन-अपाङ्गता भएका व्यक्तिका लागि चेस तालिम

  • 3.8K
    SHARES

  • दृष्टिबिहिन-अपाङ्गता भएका व्यक्तिका लागि चेस तालिम

    बुटवल,फागुन १। 

    रुपन्देहीमा दृष्टिबिहिन-अपाङ्गता भएका बालबालिका तथा युवाहरुको निम्ति चेस खेलकुद तालिम सम्पन्न भएको छ । तिलोतमा नगरपालिका वडानम्बर ५ को  सहयोग र नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा काठमाडौं उपत्यकापछि पहिलो पटक तालिम भएको हाे ।

     शान्ती नमुना माविमा, ४० जना दृस्टीबिहिन,श्रवणदृष्टि बिहिन र शारीरिक अपाङ्गता भएका ब्यक्ति सिकारु र सहयोगी अभिभाबक सहित तालिम समापन गरिएको थियो ।

     सहजकर्ता सस्थका उपाध्यक्ष जीवन पोखरेल र लुम्बिनी चेस क्लबका अध्यक्ष सुमन श्रेष्ठले सहजीकरण गरेका थिए ।  तालिममा चेसको इतिहास, चेस बोडको इस्क्वायर,कालो र सेतो ३२ ओटा गोटिको पहिचान र जानकारी व्याख्या विधि र ट्याकट्र्याल स्पर्श सन्चारको माध्यम बाट  गरिएको हो । 

    तालिमकै शिलशिलामा चेस बोडमा गोटि सेट गर्ने, गोटि चाल्ने ,खेल जित्ने,हार्ने इत्यादि नियमको बारेमा शैद्धान्तिक र प्रयोगात्मक बिधिको माध्यम बाट प्रशिक्षण गरिएको थियो ।
    अध्यक्ष टिकाराम पौडेलको अध्ययक्षता , तिलोतमा नगरपालिकाका वाड नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी को प्रमुख आतिथ्यता मा भएको तालिको  संयोजन तथा व्यवस्थापना  संस्थाका कोषाध्यक्ष कमला पौडेल र कर्मचारी अस्मिता क्षेत्री गरेका हुन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology