Logo बिहिवार, आश्विन १ गते २०८३
images

कमल थापाले ब्यूँताए राप्रपा नेपाल,‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ एजेण्डा हुने

कमल थापाले ब्यूँताए राप्रपा नेपाल,‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ एजेण्डा हुने

  • 2.1K
    SHARES

  • कमल थापाले ब्यूँताए राप्रपा नेपाल,‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ एजेण्डा हुने

    बुटवल,फागुन १ ।

    पूर्वउपप्रधानमन्त्री कमल थापाले राप्रपा नेपाल पुन: ब्यूँताउने भएका छन् । उनले देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तकको सुझावलाई मध्यनजर राख्दै राप्रपा नेपाल पुनर्जागृत गर्ने निर्णय गरेको आइतबार एक विज्ञप्ति जारी गरी बताएका छन् ।

    २०६२-०६३ सालको जनआन्दोलन सफल भएपछि थापाले २०६३ सालमा राप्रपा नेपाल गठन गरका थिए । तर आफूहरुले २०७३ सालदेखि बाटो बिराएको भन्दै थापाले अहिले फेरि नियतीले ठीक ठाउँमा ल्याइपुर्‍याएको बताएका छन् ।

    अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने थापाले बताएका छन् । उनले राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते काठमाडौंमा गर्ने पनि बताएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology