बुटवल,फागुन १ ।
बुटवलको ज्योतिनगरमा स्कुल बस दुर्घटना हुदाँ १० जना बिद्यार्थी घाइते भएका छन् । बुटवलको एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको हो ।
ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएकाले डाइभर कृष्ण पुनले बसलाइ रुखमा ठोक्काएर बिद्यार्थी बचाँएको प्रतक्क्षदर्शीले बताएका छन् । घाइते सबैलाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले नागरिक अनलाइनलाई जानकारी दिएको छ ।
एक महिना बन्द रहेका बिद्यालयहरु आजै देखि भौतिक रुपमै संचालन भएका हुन् ।
फाेटाे: शिवदेव अर्याल ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)