Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल चौतारीको सेन्चुरी बैठक : ‘रोटरीका हरेक गतिबिधिलाइ समाज रुपान्तरणका निम्ति लगाऔं’

बुटवल चौतारीको सेन्चुरी बैठक : ‘रोटरीका हरेक गतिबिधिलाइ समाज रुपान्तरणका निम्ति लगाऔं’

  • 2.1K
    SHARES

  • बुटवल चौतारीको सेन्चुरी बैठक : ‘रोटरीका हरेक गतिबिधिलाइ समाज रुपान्तरणका निम्ति लगाऔं’

    बुटवल,माघ २९।

    रोटरीका हरेक गतिबिधिलाइ समाज रुपान्तरणका निम्ति लगाउनुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले सामाजिक सेवाकै कारण समाज रुपान्तरणमा सहज हुने धारणा राखे ।

    रोटरी क्लव अफ बुटवल चौतारीको नियमित १०० औं बैंठकमा बोल्ने बक्ताहरुले क्लवमा रहेका सदस्यहरुमध्ये नयाँलाई तालिम र पुरानालाई ब्यबस्थापन गर्नुपर्नेमा जोड दिए । सो अबसरमा केककाटेर सेलिब्रेसन गरिएको थियो ।क्लवका अध्यक्ष सुरज क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा डिस्ट्रिक गभर्नर नोमिनी राजेन्द्रप्रसाद ध्वजुले समाज रूपान्तरणका निम्ति रमाएर सेवा गर्न आग्रह गरे ।

    सो अबसरमा न्यु क्लव डेभलपमेन्ट चियर एजाज आलम, राजेन्द्र लम्साल,क्लवका चार्टर प्रेसिडेन्ट बिष्णु घिमिरे, आईपिपि थानेश्वर पाण्डे,रोट्याक्ट क्लव अफ बुटवलका अध्यक्ष सुवास नेपाल लगायतले बोलेका थिए । क्लवका प्रेसिडेन्ट नोमिनि दिनेशमणि सुवेदीको स्वागतमा भएको कार्यक्रमको संचालन सचिब लक्ष्मण सुवेदीले गरेका थिए ।

    क्लवले  बुटवल ११ पवित्रनगरमा भवन बनाउन जग्गा ब्यबस्थापन ,नियमित रक्तदान,स्वास्थ्य शिबिर,बृक्षारोपण,७२ हजार माक्स बितरण,पश्चिम पहुनीमाबि एडप्ट गरि बिभिन्न काम,रंगरोगन र शैक्षिक सामाग्री बितरण गर्दै आईरहेको क्लवका अध्यक्ष सुरज क्षेत्रीले बताए । rotari butwal chautari (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology