Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जनयुद्ध दिवसमा भाेलि मधेश प्रदेशमा सार्वजनिक बिदा

जनयुद्ध दिवसमा भाेलि मधेश प्रदेशमा सार्वजनिक बिदा

  • 6.2K
    SHARES

  • जनयुद्ध दिवसमा भाेलि मधेश प्रदेशमा सार्वजनिक बिदा

    जनकपुरधाम,माघ २९ ।

    मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा १ फागुनमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले हिजाे साँझ प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन्।

    विगत तीन वर्षदेखि ५ माघलाई मधेश बलिदानी दिवसको रूपमा मनाउँदै आएको मधेश प्रदेश सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिन लागेको यो पहिलोपटक हो।  

    दिवसका अवसरमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेशी सहिद प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गर्दैछ। यस कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।

    शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने प्रदेश सरकारले जनाएको छ। पहिलो चरणमा प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने महतोले जानकारी दिए।bida.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology