Logo बिहिवार, आश्विन १ गते २०८३
images

रूपन्देहीको सेमलारमा मेगा बैँकले बाँड्यो डस्टबिन

रूपन्देहीको सेमलारमा मेगा बैँकले बाँड्यो डस्टबिन

  • 2.2K
    SHARES

  • रूपन्देहीको सेमलारमा मेगा बैँकले बाँड्यो डस्टबिन

    बुटवल,माघ २९ ।

    रूपन्देहीको सेमलारमा मेगा बैँकले डस्टबिन डस्टबिन बितरण गरेको छ । 

    बैँकको  सेमलार शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सेमलार खानेपानीलाई १२ थान डस्टबिन बितरण गरेको होे ।

    सो कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख विश्व पौड्यालले बैकले सस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सो डस्टबिन बितरण गरीएको बताए । उनले मेगाले  सरल, सहज र उत्कृट वित्तिय सेवा प्रदान गर्दै सामाजिक उत्तरदायित्वलाई पनि अगाडि बढाएको जानकारी  दिए  ।

    कार्यक्रममा बैँकका प्रदेश बजारीकरण प्रमुख आविष्कार खनालले बैकले सामाजिक उत्तरदायित्व अन्र्तगत नै “ शिक्षा नै ज्योति ” अभियान भन्ने कुरालाई आत्मसाथ गर्दै बैकको देशैभरीका हरेक शाखाबाट २ जना छात्रा  पढाउदै आएको बताए ।

    कार्यक्रममा सेमलार खानेपानी तथा सरसफाई समितीका अध्यक्ष बुद्धिराम ढकालले डस्टबिन ग्रहण गर्दै दुबेै सस्था सेवा प्रदायक सस्था भएकोले आगामी दिनमा पनि अझ सहकार्य गर्दै  जाने प्रतिबद्धता व्यक्त गरे । 

    कार्यक्रम सेमलार शाखा प्रबन्धक अम्बिका लामिछानेको अध्यक्षता तथा कर्मचारी थानेश्वर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology