Logo मंगलवार, श्रावण १२ गते २०८३
images

 गण्डकी प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कायम (सूचीसहित)

 गण्डकी प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कायम (सूचीसहित)

  • 4.9K
    SHARES

  •  गण्डकी प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनमा नयाँ भाडादर कायम (सूचीसहित)

    पाेखरा,माघ २९।

    गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारी साधनको भाडा बढाएको छ ।

    प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै गाडी भाडा बढेको जनाएको छ । फागुन १ गतेदेखि लागू हुने गरी नयाँ भाडादर निर्धारण गरिएको प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ ।

    गण्डकी प्रदेशभित्र एक जिल्लाबाट अर्को जिल्ला गुड्ने बसमा प्रतिकिलोमिटर २ रुपैयाँ १० पैसा भाडा तोकिएको छ । त्यस्तै, जीपमा प्रतिकिलोमिटर साढे ५ रुपैयाँ, ट्रकमा सामान ओसार्न प्रतिकिलोमिटर प्रतिटन ११ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ ।

    यससँगै सिटी बसमा पहिलो तीन किलोमिटरभित्र २० रुपैयाँ र तीन किलोमिटरपछि प्रतिकिलोमिटर साढे २ रुपैयाँ भाडादर कायम गरिएको छ ।

    bhada_gandaki.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology