बुटवल,माघ २८।
तानसेन–तम्घास सडक खण्ड शुक्रबारदेखि १५ दिनसम्म रातिको समयमा बन्द हुने भएको छ ।
पाल्पाको जोर्ते भीर क्षेत्रमा तानसेन–तम्घास सडक विस्तार गर्न चट्टान काट्न पर्ने भएकाले माघ २८ गते फागुन १३ गतेसम्म राति ९ बजेदेखि बिहान ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले एक सूचना जारी गर्दै उक्त अवधिमा सडक विस्तारको काम हुने भएकाले रातको समयमा सवारी साधनहरु नचलाउन आग्रह गरेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)