Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धबाबामा राेकेर राखेको स्काभेटरमा युवाको शव फेला ,हत्याको आशंका !

सिद्धबाबामा राेकेर राखेको स्काभेटरमा युवाको शव फेला ,हत्याको आशंका !

  • 4.0K
    SHARES

  • सिद्धबाबामा राेकेर राखेको स्काभेटरमा युवाको शव फेला ,हत्याको आशंका !

    बुटवल,माघ २७ ।

    पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तल्लो सिद्धबाबा नजिकै एक युवाको शव फेला परेको छ ।उनी स्याङ्जाको कालिगण्डकी-३ का ४० वर्षीय अर्जुन घर्ती भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    तल्लो सिद्धबाबा नजिकै सडक छेउमा पार्किङ गरेर राखिएको स्काभेटरमा ज्याकेटको टोपीमा रहेको रसीले पासो लगाएर झुण्डिएको अवस्थामा घर्तीलाई भेटिएको थियो ।

    स्थानीयले देखेपछि तत्कालै इलाका प्रहरी कार्यालय दोभानमा खबर गरेका थिए । बुधबार राति करिब १० बजेको समयमा भेटिएको उनको शवलाई थप अनुसन्धानका लागि पोष्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ ।संकास्पद ढंगले शव भेटिएपछि हत्याको आशंका गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology