Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल  उपमहानगरमा कर्मचारी एशोसिएसनद्वारा रक्तदान,६३ पिन्ट रगत संकलन

बुटवल  उपमहानगरमा कर्मचारी एशोसिएसनद्वारा रक्तदान,६३ पिन्ट रगत संकलन

  • 2.3K
    SHARES

  • बुटवल  उपमहानगरमा कर्मचारी एशोसिएसनद्वारा रक्तदान,६३ पिन्ट रगत संकलन

    बुटवल, माघ २६ ।

    नेपाल नगरपालिका कर्मचारी एशोसिएसन बुटवल उपमहानगरले रक्तदान कार्यक्रम गरेको छ। बुटवल उपमहानगरको ६३ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको एशोसिएसन इकाई सचिव रेश्मीराज घिमिरेले नागरिक अनलाइनलाई जानकारी दिए ।

    कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक गीतादेवी  पाण्डेले बताइन् ।

    रक्तदान नै जीवनदान भन्ने मुल नाराको साथ भएको उक्त कार्यक्रममा उपमहानगरपालिकामा कार्यरत कर्मचारी र सेवाग्राहीहरुले  रक्तदान गरेका थिए । प्राविधिक सहयोग भने नेपाल रेडक्रस सोसाईटि बुटवल शाखाले गरेको थियो ।

    रक्तदातालाई नगर प्रमुख शिवराज सुवेदीले प्रमाणपत्र र मायाको चिनो प्रदान गरेका थिए । स्थापना दिवसका अवसरमा फागुन ३ गतेसम्म विभिन्न रचनात्मक क्रियाकलाप गरिने कर्मचारी एशोसिएसनका सितुप्रसाद श्रेष्ठले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology