Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रतिनिधिसभा बैठक स्थगित,अर्को बैठक फागुन २ मा

प्रतिनिधिसभा बैठक स्थगित,अर्को बैठक फागुन २ मा

  • 2.5K
    SHARES

  • प्रतिनिधिसभा बैठक स्थगित,अर्को बैठक फागुन २ मा

    बुटवल,माघ २६ ।

    आज १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सरकारले प्रतिनिधिसभा बैठकको मिति सार्न आग्रह गरेसँगै संसद सचिवालयले सूचना टाँसेर बैठक स्थगित गरेको हो ।

    अब अर्को बैठक फागुन २ गते बस्ने छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको सल्लाहपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सार्न आग्रह गरेका थिए ।

    स्रोतका अनुसार प्रधानमन्त्री देउवाले एमसीसीबारे सहमति जुटाउन केही समय लिन खोजेका छन ।

    यसअघि प्रतिनिधिसभाको माघ १६ गतेका लागि बोलाइएको बैठक पनि सूचनामार्फत् सारिएको थियो । त्यतिबेला माघ २६ गतेका लागि अर्को बैठकको मिति तोकिएको थियो ।samsad-notice-1-578x768-1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology