बुटवल,माघ २५ ।
पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६९२ जनाको परीक्षण हुँदा १ हजार ९५७ जनालाई पोजेटिभ देखिएको हो ।
सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ । २४ घण्टामा २ लाख ७३ हजार ३४९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)