Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नाडा लुम्बिनीद्वारा भन्सार तथा प्रहरी प्रमुखसंग भेटघाट, झेल्नुपरेका समस्या र भन्सार चुहावटबारे छलफल

नाडा लुम्बिनीद्वारा भन्सार तथा प्रहरी प्रमुखसंग भेटघाट, झेल्नुपरेका समस्या र भन्सार चुहावटबारे छलफल

  • 3.0K
    SHARES

  • नाडा लुम्बिनीद्वारा भन्सार तथा प्रहरी प्रमुखसंग भेटघाट, झेल्नुपरेका समस्या र भन्सार चुहावटबारे छलफल

    बुटवल,माघ २४ । 

    लुम्बिनी अटोमोबाइल्स एशाेसिएसन अफ नेपाल (नाडा लुम्बिनी ) ले भन्सार तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अधिकारीहरुलाई भेट गरी झेल्नुपरेका समस्या,भन्सार चुहावटका बारेमा जानकारी गराएको छ ।

    लुम्बिनी नाडाका अध्यक्ष गणेशप्रसाद भट्टराई ,उपाध्यक्ष बिजयकुमार गुप्ता,महासचिव बिजयकुमार  गुप्ता,कोषाध्यक्ष कृष्ण भण्डारी,सदस्य धिरेन्द्र श्रेष्ठ र नरदेव न्याैपाने लगायतको टोलीले भैरहवा भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनाेजकुमार केसीसंग भेटगर्दै समस्या निराकरण गर्न अपील गरेको हाे  ।

    सो अवसरमा भन्सार कार्यालय प्रमुख ज्ञानेन्द्रराज ढकालले छाेटी भन्सार ब्यबस्थित गर्ने,नाकामा चेकजाँचलाई थप कडाइ गर्ने,एलसी प्रतितपत्र हेरेर ब्यबस्थापन र सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

    त्यस्तै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनाेजकुमार केसीले सुरक्षा स्थितीलाई मजुबत बनाउँदै ब्यबसायीलाइ सहज ढंगले ब्यबसाय संचालनका निम्ति सधै प्रहरी प्रशासन सहयाेगी नै रहने बताए  ।

    उनले सहकार्य गरेर अघि बढ्ने समेत जानकारी दिए । लुम्बिनी नाडाका अध्यक्ष भट्टराईले व्यवसायीले इमान्दार भएर ब्यबसाय चलाएको बताए । साे कार्यक्रमको संचालन महासचिव राेशन पाण्डेले गरेका थिए  ।

    nadaa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology