Logo बिहिवार, आश्विन १ गते २०८३
images

साढे २ करोडको गुरूयोजनासहित तिलाेत्तमा-४ मा स्केट पार्क एण्ड रिसोर्स सेन्टर निर्माण

साढे २ करोडको गुरूयोजनासहित तिलाेत्तमा-४ मा स्केट पार्क एण्ड रिसोर्स सेन्टर निर्माण

  • 3.2K
    SHARES

  • साढे २ करोडको गुरूयोजनासहित तिलाेत्तमा-४ मा स्केट पार्क एण्ड रिसोर्स सेन्टर निर्माण

    बुटवल,माघ २४ ।

    रुपन्देहीको तिलोत्तमा -४ मा स्केटिङ मैदान निर्माण गरिएको छ । स्केट बोर्ड विश्वको पछिल्लो मध्यको खेल हो । यो खेल एक प्रकारको एक्सन स्पोट्स्  हो । यो खेल सिंगल मेन खेलिने खेल हो । चार वटा पाङ्ग्रा जडान गरिएका बोर्डमा चढेर गुडाउँदै खेल्ने खेल हो । यसमा शरीरको सन्तुलन र कलाको मुख्य भूमिका रहन्छ । यो खेलवाट छोटो दुरीको यात्रा सम्म तय गर्न सकिन्छ ।

    फ्रान्स, जर्मन, स्पेन र भारतका खेलाडी तथा संघसंस्थाहरुको सहयोगमा ईन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर स्थापना गरिएको स्केट एड नेपाल फाउन्डेसनका अध्यक्ष जागृत पहाडीले नागरिक अनलाइनलाई बताए ।

    तिलोत्तमामा आगामी २०२३ सम्म स्केट पार्कको स्पूर्ण काम सक्ने गरी योजना अघि बढेको हाे । निर्माण गरिने यो पार्क दक्षिण एसियामा बनेका अन्य पार्कभन्दा फरक र विशिष्ट खालको हुने उनले दाबी गरे । तिलोत्तमा नगरपालिका तथा खेल अभियन्ताहरुको सहयोगमा स्ट्रिट स्केट पार्क निर्माण भएको हो ।

    ३ महिनामा पहिलो चरणको ८० प्रतिशत काम सक्दा ४० लाख रुपैया खर्च भएको पहाडीले बताए । प्रशिक्षण केन्द्रका साथै पुस्तकालय, आवाससमेत बनाइने उनले बताए ।skade.jpg

    प्रशिक्षकहरु बसेर तालिम दिइने तथा सेफ्टि गियर अनिवार्य रहने छ । एशियन गेम सभावेश रहेको यो खेलमा नेपालले प्रतिनिधित्व गरेको छ । दक्षिण एशियामा नेपाल पहिलो नम्बरमा रहेको उनले बताए । स्पेनका खेलाडी तथा प्राविधिक ईन्जिनियर ग्याबरियल सोमासन्तोषले यसका लागि सहयोग गरिरहेका छन् ।

    स्केट एडले विश्वभर नै फण्डिङको काम गरिरहेको र विगनर सिक्नेका लागि स्केट बोर्ड न्युनतम ४ हजार रुपैयामा पर्ने उनले बताए ।

    यसबाहेक सेफ्टि गियरहरु समेत आवश्यक पर्छ । अन्तर्राष्ट्रिय ६० जना बढी भोलिन्टयरहरु लागेर आफूहरु लागेको सोमा सन्तोषले बताए ।  नयाँ पुस्ताका लागि महत्वपूर्ण हुने उनले उनको दाबी छ । करिब साढे २ करोडको गुरुयोजना तयार गरेर अघि बढेको यो योजना सफल भएपछि नेपालमै खेलाडी उत्पादन गरी ओलम्पिकमा समेत सहभागिता जनाउने सकिने विश्वास लिइएको छ ।

    यो खेलमा काठमाडौ, धरान, पोखरा, बुटवलमा गरि २ सय बढि खेलाडीहरु आवद्ध रहेका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology