बुटवल,माघ २४ ।
बुटवल १२ मा गएराति भएको सवारी दुर्घटना परी मृत्यु भएका ३ जनाकै सनाखत भएको छ । दुर्घटनामा परी बुटवल उपमहानगरपालिका–१३ का २८ वर्षिय सविन चौधरी,बुटवल उपमहानगरपालिका–१३ का २८ वर्षिय गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगरपालिका-१२ स्थित तामनगर नजिक रहेको कोरियन टेक्निकल कलेज अगाडि पश्चिमदेखि पुर्व दिशामा रोकिरहेको लु २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको थियो।
यस्तै सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसी सामान्य घाइते छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)