Logo शुक्रवार, श्रावण १५ गते २०८३
images

रक्तसञ्चार सेवा केन्द्र बुटवलको संयोजकमा कृष्ण पंगेनी

रक्तसञ्चार सेवा केन्द्र बुटवलको संयोजकमा कृष्ण पंगेनी

  • 1.9K
    SHARES

  • रक्तसञ्चार सेवा केन्द्र बुटवलको संयोजकमा कृष्ण पंगेनी

    बुटवल,माघ २३ ।

    रक्तसञ्चार सेवा केन्द्र बुटवलको संयोजकमालालप्रसाद पंगेनी (कृष्ण) चयन भएका छन् । रक्तसञ्चार सेवा केन्द्र व्यवस्थापन समितिको बैठकले उनलाइ जिम्मेबारी प्रदान गरेको हो ।  उनी नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री हुन्। 
    लुम्बिनी प्रदेशका आधा भन्दा वढि जिल्लामा रगत संकलन र व्यवस्थापनमा सक्रिय रक्तसञ्चार सेवा केन्द्र बुटवललाई थप रचनात्मक बनाउने अपेक्षा गरिएको हो ।

    संयोजक चयन भएसंगैको पहिलो वैठकबाट सडक मानवहरुका लागि पुर्ण निःशुल्क (सेवा शुल्क समेत) रगत वितरण गर्ने निर्णय गरिएको नागरिक अनलाइनलाई बताए ।

    उनले भने -‘रगत व्यवस्थापनमा लाग्ने व्याग, सिरिन्ज लगायतको प्रशासनिक खर्च पुर्ण रुपमा निःशुल्क बनाउने निर्णय गरिएको हो,रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपर्ने अवस्थाको सिर्जना गर्नुपर्नेछ । ’

    रक्तसञ्चार सेवा केन्द्र व्यवस्थापन समितिको आईतबार बसेको पहिलो वैठकले रक्तसञ्चार उपकेन्द्र भैरहवाको संयोजकमा भने शुशिल गुरुङलाई चयन गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology