Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु,१ हजार ३८६ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु,१ हजार ३८६ संक्रमित थपिए

  • 1.6K
    SHARES

  • कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु,१ हजार ३८६ संक्रमित थपिए

    बुटवल,माघ २३ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८३ र दुई हजार ८०८ जनाको एन्टीजेन परीक्षण गर्दा २०३ गरी एक हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा आठ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ४५ हजार २४८ संक्रिय संक्रमित छन् ।  ४३ हजार ९३२ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३१६ जना संस्थागत आइसोलेसनमा छन् ।

    उनीहरुमध्ये २६९ जनाको आईसीयू र ४६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख ६८९ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६१४ पुगेको छ भने ९ लाख ९ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै १० वर्ष मुनिका २८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५५ जना कोरोना संक्रमित थपिएका छन् ।

    यस्तै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या घट्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्‍ये काठमाडौंका ४१०, ललितपुरका १२४ र भक्तपुरका ३२ जना संक्रमित छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology