Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थोर्गा-रुपन्देही सम्पर्क समाजद्वारा गुल्मीकाे रूरूक्षेत्र गांउपालिकाका १२ बिद्यालयहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण

थोर्गा-रुपन्देही सम्पर्क समाजद्वारा गुल्मीकाे रूरूक्षेत्र गांउपालिकाका १२ बिद्यालयहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण

  • 4.5K
    SHARES

  • थोर्गा-रुपन्देही सम्पर्क समाजद्वारा गुल्मीकाे रूरूक्षेत्र गांउपालिकाका १२ बिद्यालयहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण

    बुटवल,असोज २६ ।

    थोर्गा रुपन्देही सम्पर्क समाजले गुल्मी रूरूक्षेत्र गांउपालिकाका बिद्यालयहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

    बुटवलबाट गएको समाजको टोलीले गांउपालिकाको वडा न १ र ३ मा पुगेर १२ वटा बिद्यालयलाइ १ हजार ५ सय थान मास्क,स्यानिटाइजर,तथा साबुन बितरण समेत गरेको समाजका अध्यक्ष समाजका अध्यक्ष मिन प्रसाद पोखरेलले नागरिक अनलाईनलाई बताए ।

    कोरोना महामारीबाट थप सुरक्षित रहनका निम्ति सहयोग पुर्याउने उद्धेश्यले बिद्यालयहरुमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

    समाजका अध्यक्ष पोखरेल,संस्थापक अध्यक्ष ज्ञानप्रसाद ज्ञवाली,निवर्तमान अध्यक्ष रामप्रसाद पोखरेल,सचिब रामचन्द्र ज्ञवाली,कार्यसमिति सदस्य ओम ज्ञवाली,मुक्तिराम ज्ञवाली लगायतको टोली गुल्मी रूरूक्षेत्रका १२ बिद्यालयमै पुगेर शिक्षक तथा बिद्यार्थीलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । ruru.jpg

    सो अबसरमा बोल्ने वक्ताहरुले समाजले सामाजिक क्षेत्रमा क्रियाशिल रहेर काम गरेको खुसी ब्यक्त गरेका थिए । समाजले रक्तदान,बृक्षारोपण,खाद्यान्न सहयोग लगायतका सामाजिक काम गरिरहेको छ ।

    समाजको गत साउन ७ गते भएको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी ३ वर्षका लागि पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । 

    aa.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology