Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा मास्क वितरण गर्दै प्रेस चाैतारीले मनायो २४ औं स्थापना दिवस

रुपन्देहीमा मास्क वितरण गर्दै प्रेस चाैतारीले मनायो २४ औं स्थापना दिवस

  • 2.5K
    SHARES

  • रुपन्देहीमा मास्क वितरण गर्दै प्रेस चाैतारीले मनायो २४ औं स्थापना दिवस

    बुटवल,माघ २२ ।

    प्रेस चौतारी नेपालले रुपन्देहीमा पनि २४ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसमा रुपन्देही शाखाले शनिबार स्वास्थ्य सचेतना कार्यक्रम गरेको हाे । बुटवल, भैरहवा र सैनामैनामा मास्क वितरण गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले बताए ।

    बुटवलको नयाँ बसपार्कमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसीले कोभिड १९ महामारीबाट बच्न र बचाउन मास्क वितरण कार्यक्रम प्रभावकारी भएको बताए । उनले श्रमजीवि पत्रकाहरुको हकहितका लागि संगठन आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने बताए ।

    कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज प्रदिप आचार्य, रुपन्देही जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, नेकपा (एमाले) बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष किसन ज्ञवालीले स्वास्थ्य मापदण्ड पालना गरेर कोरोना महामारीबाट आफू पनि बच्न र अरुलाई पनि बचाउनपर्नेमा जोड बताए ।

    त्यस्तै भैरहवामा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ ।  भैरहवास्थित मिलनचोकमा मास्क वितरण गरिएको प्रेस चौतारी नेपाल रुपन्देहीका सह-सचिव रबिन्द्र प्रताप गुप्ताले बताए ।Press (8).jpg

    प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य कुलमणि ज्ञवालीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ कार्यक्रम गरेका थिए । सो अवसरमा बोल्दै ज्ञवालीले कोभिड संक्रमणबाट बच्न र बचाउन सञ्चार माध्यमबाट पनि सचेतना फैलाउनुपर्ने बताए ।

    त्यस्तै स्थापना दिवसको अवसरमा सैनामैनाको मुर्गियामा स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले मास्क हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए ।

    सो अवसरमा बोल्दै नगरप्रमुख कार्कीले प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा जिल्ला शाखाको कार्यक्रम अन्तर्गत सैनामैनामा पनि कार्यक्रम गरी कोभिड महामारीको समयमा स्वास्थ्यप्रति सचेत गराउँदै मास्क वितरण कार्यक्रम गर्नु सकारात्मक रहेको बताए ।

    प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसीले श्रमजीवि पत्रकाहरुको हकहितका लागि संगठन आगामी दिनमा अझ सशक्त भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रम प्रेस चौतारी नेपाल रुपन्देहीका सचिव केशव भण्डारीको अध्यक्षता, सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता, नेकपा एमाले सैनामैनाका अध्यक्ष चेत नारायण न्यौपानेको विशिष्ट आतिथ्यता, प्रेस चौतारीका केन्द्रीय सचिव भरत केसी, केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज प्रदिप आचार्य, केन्द्रिय सदस्य युवराज पाण्डे, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गियाका प्रमुख जीवन लामिछाने, सैनामैना व्यापार संघका अध्यक्ष गणेश प्रसाद भुसालको आतिथ्यतामा सम्पन्न भएको हो ।

    सैनामैनामा प्रेस चौतारी रुपन्देहीका जिल्ला सदस्य टिकाराम खरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।Press (4).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology