Logo बिहिवार, आश्विन १ गते २०८३
images

थप १ हजार ७१४ कोरोना संक्रमित फेला,संक्रमणबाट थप ९ जनाको मृत्यु

थप १ हजार ७१४ कोरोना संक्रमित फेला,संक्रमणबाट थप ९ जनाको मृत्यु

  • 1.6K
    SHARES

  • थप १ हजार ७१४ कोरोना संक्रमित फेला,संक्रमणबाट थप ९ जनाको मृत्यु

    बुटवल,माघ २२ ।

    नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । १ हजार ७१४  जनामा संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५१३ नमुना परीक्षण गरिएको थियो । ५ हजार २२५ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार १०३ र तीन हजार २८८ जनाको एन्टीजेन परीक्षण गर्दा ६११ गरी एक हजार ७१४ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् । हाल देशभर ५२ हजार ७८० संक्रिय संक्रमित छन् । जसमध्‍ये ५१ हजार ४३४ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार ३४६ जना संस्थागत आइसोलेसनमा छन् ।

    उनीहरुमध्ये २५१ जनाको आईसीयू र ४९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९९ हजार ३०३ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ भने ९ लाख ६३९ जना संक्रमणमुक्त भएका छन् ।

    यस्तै १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६२ जना कोरोना संक्रमित थपिएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology