बुटवल,माघ २२ ।
कपिलबस्तुको कृष्णनगरका मेयर रजत प्रताप शाह नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए ।
उनले आज आफनै निवासमा औपचारिक कार्यक्रम आयोजना गरी कांग्रेस पार्टी रोजेका हुन् । शाहलाइ नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगर, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सासंद अभिषेक प्रताप शाह,जिल्ला सभापति अब्दुल कलाम खाँले संयुक्त रुपमा स्वागत गरेका हुन् ।
नगर प्रमुख शाहसहित ३ वडा जना अध्यक्षले समेत नेपाली कांग्रेस प्रवेश गरेका । शाहसहित उनका करिब हजार जना समर्थक पनि नेपाली कांग्रेसमा गरेका हुन् ।
कोभिड १९ को कारण सामान्य तयारी गरेर पार्टी प्रवेश गराइएको नेपाली कांग्रेस लुम्बिनी प्रदेशले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)