Logo बिहिवार, आश्विन १ गते २०८३
images

तिलोत्तमा जेसिजको पदस्थापन,अध्यक्षमा बिनित भट्टराई चयन

तिलोत्तमा जेसिजको पदस्थापन,अध्यक्षमा बिनित भट्टराई चयन

  • 2.0K
    SHARES

  • तिलोत्तमा जेसिजको पदस्थापन,अध्यक्षमा बिनित भट्टराई चयन

    बुटवल,माघ २२ ।

    तिलोत्तमा जेसिजको १० औ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । जेसिज बर्ष २०२२ का लागी निर्वाचित बिनित भट्टराईलाई बर्ष २०२१ का अध्यक्ष बासुदेव शर्माले एक कार्यक्रमका बिच पदहस्तान्तरण गरे ।

     तिलोत्तमाको योगिकुटीमा आयोजीत पदस्थापन कार्यक्रममा बोल्दै नेपाली काग्रेका केन्द्रिय सदस्य प्रदिप पौडेलले लोकतन्त्रको रक्षाको लागी दलहरुले बिधि र पद्धतिलाई आत्मसाथ गर्नुपर्ने बताए ।

    उनले राजनितीक दलहरुले जेसिजको जस्तो विधि र पद्धतिलाई इमान्दारी पुर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    नेपाली समाजमा लोकतन्त्रको सही रुपमा प्रयोग गर्न, लोकतान्त्रिक पद्धतिको निमार्ण गर्नको लागी जेसिजको जस्तो व्यक्तिको शासन नभई समाजमा बिधिको शासन निमार्ण  गर्नु पर्ने बताए ।  नेपालको राजनितिक दलका संयन्त्रले समाजमा सहि अर्थमा लोकतान्त्रिकरण गर्न नसक्दा लोकतन्त्र प्रति बितृष्णा जागेको उल्लेख गरे । 

    कार्यक्रममा बोल्दै नेता पौडेलले मलुकका युवा जनशतिलाई उत्पादनमा लगानउन सके रोजगारीका नाममा युवाहरु बिदेश पलायन हुने परिपाटी रोक्न सकिने बताए । नेपालका बिभिन्न राजनितीक दलहरुले आफ्नो दलिय स्वार्थ परिपुर्तिका लागी युवाहरु संगठित गरेको बताउदै दलहरुले युवा लक्षीत कार्यक्रमहरु ल्याउनु पर्नेमा जोड दिए ।  नेता पौडेलले समाजसेवा, सामाजीक मनोविज्ञान निमार्ण र समाजलाइ लोकतान्त्रिकरण गर्नको लागी नेपाल जेसिज जसरी अन्य सस्थाहरु पनि प्रतिबद्ध हुनु पर्ने उल्लेख गरे  । 

    कार्यक्रममा बोल्दै नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाहीले जेसिजले समाजका लागी योगदान गर्ने आत्मनिर्भर नागरीक निमार्णमा योगदान गरेको उल्लेख गर्दै जेसिजले देशैभर नेतृत्व बिकास र मानवीय सेवामा खेलेको भुमिकाको चर्चा गरे । 

    कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष जिवन कार्की, मातृ–शाखा सिद्धार्थनगर जेसिजकाका अध्यक्ष गोपाल ज्ञवाली, तिलोत्तमा जेसिजका सस्थापक अध्यक्ष बिनोद ढकाल, निर्वाचन आयुक्त लोक प्रसाद भण्डारी राजु, निर्वतमान अध्यक्ष बासुदेव शर्मा लगायतले शुभकामना दिएका थिए ।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भट्टराईले आगामी कार्ययोजना प्रस्तुत गर्दै यस बर्ष तिलोत्तमा जेसिजको मुख्य थिम “ ब्रिज द ग्याप” रहेको व्यानर अनावरण गरे ।  

    तिलोत्तमा जेसिजको बर्ष २०२२ का लागी अध्यक्ष भट्टराई सँगै कार्यकारिणी उपाध्यक्षमा दिपक घिमिरे, राम रोक्का, उपाध्यक्षमा बिजय न्यौपाने, प्रथम पराजुली, प्रकाश न्यौपाने र कमल कडेल निर्वाचित भएका थिए ।

    यस्तै महासचिवमा प्रकाश गौतम, कोषाध्यक्षमा सन्दिप पौडेल र कानुनी सल्लाहकारमा महेश शर्मा पौडेललाई अध्यक्ष भट्टराइले मनोनित गरेको कार्यक्रम संयोजक सन्दिप पौडेलले जानकारी दिए ।

      कार्यक्रम संयोजक सन्दिप पौडेलको स्वागत रहेको पदस्थापन कार्यक्रममा तिलोक्तमा जेसिजले प्रकाशन गर्दै आएको आरम्भ स्मारिका बिमोचन गरिएको थियो ।

    सो अवसरमा तिलोत्तमा जेसिजका पुर्व अध्यक्षहरुलाई सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो  भने जेसिज बर्ष २०२१ मा नयाँ सदस्य अवार्डबाट बिकास गौतम, उत्कृष्ट मनोनित सदस्यबाट प्रथम पराजुली, जेसिज अफ द इयर बाट प्रकाश गौतम र आउट स्टान्डीङ्ग फर्ममेन्सबाट नवविर्वाचित अध्यक्ष बिनित भट्टराई सम्मानित भएका थिए । कार्यक्रमको संचालन महासचिव प्रकाश गौतमले गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology