बुटवल,माघ २२ ।
प्युठानको गौमुखी गाउँपालिकास्थित ओखरपाटामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
बेहुली लिएर फर्किंदै गरेको ग१ज ५०९२ नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र ७ जना घाइते भएको डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।
जजीप नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्किंदै गर्दा शनिबार बिहान ३ बजे दुर्घटना भएको डिएसपी थापाले बताए । सदरमुकामभन्दा टाढा भएकोले घटनाको सबै विवरण आइनसकेको उनको भनाइ छ ।
मृतक र घाइतेको सनाखत भइसकेको छैन । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक छ । जीप बेहुलाको घर नजिकै आउँदा दुर्घटना भएको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)