Logo बिहिवार, आश्विन १ गते २०८३
images

चट्याङ्गले टावरमा समस्या आएपछि भैरहवाको गौतमबुद्ध विमानस्थल बन्द

चट्याङ्गले टावरमा समस्या आएपछि भैरहवाको गौतमबुद्ध विमानस्थल बन्द

  • 2.8K
    SHARES

  • चट्याङ्गले टावरमा समस्या आएपछि भैरहवाको गौतमबुद्ध विमानस्थल बन्द

    बुटवल,माघ २१। 

    रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार भएको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द भएको हो ।

    विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले शुक्रबार ४ बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको बताए । टावरको तार चुडिएको र रन्वेको पापी पीएपीआइ लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताए ।

    उनले भने, ‘समस्या आएको कारण विमानस्थल बन्द गरिएको छ, शनिबारभोलि पापीलाइट बने राती अवतरण हुनेछ, नभए भिओआर प्रविधिको प्रयोगबाट दिउँसो विमानस्थल सञ्चालनमा आउने सम्भावना छ ।”

    विमानस्थल बन्द भएपछि  विमानस्थलमा रहेका यात्रु र भैरहवा आउने यात्रुहरु प्रभावित भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology