Logo मंगलवार, श्रावण १२ गते २०८३
images

हावाहुरी र वर्षाले बिथोल्यो मधेश प्रदेशको चौथो वार्षिकोत्सव कार्यक्रम !

हावाहुरी र वर्षाले बिथोल्यो मधेश प्रदेशको चौथो वार्षिकोत्सव कार्यक्रम !

  • 3.9K
    SHARES

  • हावाहुरी र वर्षाले बिथोल्यो मधेश प्रदेशको चौथो वार्षिकोत्सव कार्यक्रम !

    जनकपुरधाम,माघ २१ ।

    हावाहुरी र वर्षाका कारण मधेश प्रदेशको प्रदेश सभाको चौथो वार्षिकोत्सवको कार्यक्रम बिथाेलिएको छ।

    शुक्रबार बिहानदेखि नै मधेश प्रदेशका जिल्लाहरूमा हावाहुरीका साथै वर्षा भएकोले प्रदेश सभा सचिवालयले सार्वजनिक कार्यक्रमका लागि बनाएको मञ्च नै पटक पटक बिगारेपछि कार्यक्रम नै स्थगित गरिएको हो । 

    प्रत्येक वर्ष जस्तै यस वर्ष पनि सभाको वार्षिकोत्सवमा प्रदेश सभा सदस्यहरूलाई पुरस्कृत तथा  सम्मान गर्ने कार्यक्रम राखिएको थियो । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको विभिन्न खेलहरूमा विजेता सांसदहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रम रहेको थियो ।

    त्यसैगरी, सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने सांसद र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेको मा सहभागी सांसदहरूलाई सभामुख सरोज कुमार यादवले बताए । 

    मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सांसद तथा मन्त्रीहरू आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भएपछि उनी घर फर्केका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology